Wednesday, September 24, 2008

दाजुको बिहेको प्रसङ्ग

मेरो ठुलो दाजुको पनि बिहे हुने भयो। सानो तरिकाले हुनेभयो । यो सानो तरिका चै कस्तो हुन्छ त्यो बिहे भैसकेपछीनै थाहा हुन्छ। अनी मेरो प्रश्न थियो कसरी हुन्छ बिहा अनी के के गर्नुपर्छ हाम्रो पट्टी बाट ? खै हाम्रो समुदायको खाट्टी बिहे कहिले खान पाइएकै छैन अहिलेसम्म । जहिले गाउँ देखी बाहिर ।

बुवाले भन्न थाल्नु भयो ' केटा पक्षको बाट मान्छेहरु बेहुलिकोमा जाने अनी त्यहाँ काम सकाएर हाम्रो घरमा ल्याउने । हाम्रो घरमा चै ह्यान्खुवा गर्नु पर्छ । ह्यान्खुवा गर्दा दुई वटा कुखुरा चाहिन्छ। म कराएँ 'कुखुरा?' ओहो त्यो कुखुराहरुलाई काट्ने होला हैन अनी हाम्रो घरमै काट्ने हो?

'हो त ' बुवा भन्नु हुन्छ । अनी बहिनी र म मुख बिगार्न थाल्छौ ।
'हाम्रो घरमा रगत हुन्छ ' खल्लो मनले म भन्छु ।
काटमार पहिले देखी नै मन नपरेपनी, मासु खान छोडेपछी त झन् पटकै मनपर्दैन।
' के गर्ने त आण्डा फुटाउने हो ! ' बुवा पनि यस्तो कुरामा विश्वाश गर्नु हुन्न अनी जिस्कदै भन्नु भयो
'बरु केक काट्न लगाउँ न ' भने मैले । 'कुखुराको आकारको बनाउ अनी केक काट्न लाउँ दाजु अनी भाउजुलाई '
'कहाँ दाजु भाउजुले काट्ने हो त याटङ्पा ( पूजारी ) ले पो काट्छ त ' बुवा ले जवाब दिनु भयो ।
यतिकैमा कुरा सकियो । तर साँच्चीनै के हाम्रो घरमा कुखुराको बध हुन्छ त । यो त समयले नै भन्छ । तर कुखुराको बध नहुनको लागि म अनी सानो दाईको चै बैठक राखेर हटाउने कोशीश गर्नु पर्ला । बाँकी कुरा के हुनेछ ब्लगमा लेखौला ।

7 comments:

  1. Yah...yo animal offering ko tradition ta malai pani mann pardaina Aaratiji ,tapaile protest garnai parchha , and I wud be intrested to read ,what will really happen in tapaiko Daiko Bihe

    ReplyDelete
  2. Arati bahinee,
    I found following error= Hyangkhowa not "ह्यान्खुवा" Yatangpa not "फेदाङमा"
    Hope you clear now.

    ReplyDelete
  3. haha. This is funny one. I had similar concern too but just out of curiosity. none in my family were getting married at that time. Maybe the concern came out of my attempt to become a vegan which I am still not. But seriously, I tried to look at the celebration through this goat's eye who was going to be sacrificed. poor animal.

    ReplyDelete
  4. ho yesto chalan chahi hataunau parchha...

    ReplyDelete
  5. avinashi jee i will try my best.

    gajendra dai i will correct the second one but the first one is the right one. The unicode writes that to hyangkhowa.

    I know capchyaki that u love animal(throung ur profile thing)

    yes badri jee we should abolish such systems.

    thanks anonymous for the site.

    lastly thank you so much for the comments
    :)

    ReplyDelete
  6. still not vegan yet!!
    but someday i will definitely get there. haha

    ReplyDelete