Tuesday, July 22, 2008

टमाटरको अचारहरु

आज भान्साको बारेमा फेरी केही लेख्न मन परीरहेको छ त्यसैले लागौ है त भान्सातिर ...


लसुनको स्वादमा टमाटरको अचार।

१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ छोडाएको लसुन पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो लसुनको स्वादमा टमाटरको अचार।


ल्वाङ्को स्वादमा टमाटरको अचार।

१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ तीनवटा जती ल्वाङ पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो ल्वाङ्को स्वादमा टमाटरको अचार।


धनीयाको स्वादमा टमाटरको अचार।


१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ धनीया मसिनो काटेर पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो धनीयाको स्वादमा टमाटरको अचार।


बरमीज अथवा जङगली धनीयाको स्वादमा टमाटरको अचार।


१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ बरमीज अथवा जङगली धनीया काटेर पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो बरमीज अथवा जङगली धनीयाको स्वादमा टमाटरको अचार।


जिराको स्वादमा टमाटरको अचार।


१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ जिरा पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो जिराको स्वादमा टमाटरको अचार।


टिमुरको स्वादमा टमाटरको अचार।
१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ टिमुर पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो टिमुरको स्वादमा टमाटरको अचार।


सिद्राको स्वादमा टमाटरको अचार।

१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ टमाटर पोलेर पिन्नुहोस्
३ चार वटा जती सिद्रा पोल्नुहोस र हल्का तरिकाले पिन्नुहोस्


अब तयार भयो सिद्राको स्वादमा टमाटरको अचार।


चिम्फिङको स्वादमा टमाटरको अचार।

१ सिलौटामा नुन र खुर्सानी पिन्नुहोस्
२ चिम्फिङ (यो चाँही आदिवासीलाई मात्र थाहा हुन्छ ) पिन्नुहोस्
३ टमाटर पोलेर पिन्नुहोस्


अब तयार भयो चिम्फिङको स्वादमा टमाटरको अचार।
ल तपाईंहरु सोचिरहनु भएको होलाकी यत्रो नयाँ राष्ट्रपती चुनिएको बेला यो केटी त अचारको पो कुरा गर्छे भनेर । धन्दा नमन्नु होस् म पनि असल नागरिक भएको नाताले यही ब्लग पोस्ट मार्फत नयाँ राष्ट्रपती डा. राम वरण यादबलाई स्वागत गर्न चाहन्छु । स्वागत छ नेपालको प्रथम राष्ट्रपती लाई ! !

5 comments:

  1. यति धेरै स्वादिला अचारहरुको बखान पढ्नाले मुखै रसायो यार! तर खान पाईने हैन। यस्तो अन्याय त गर्दिनु भएन नि:)

    ReplyDelete
  2. अचार त खाउ खाउ नै लाग्यो एक चोटि गोलभेडा को अचार भिबिन्न स्वाद मा टेस्ट चाँही गर्नु पर्ला !!

    ReplyDelete
  3. aarati ji tapaiko acharko test chahi 1 patak linai parla, kina ki sarai testy hola jasto lagyo,,,

    ReplyDelete
  4. ल है रेसिपि दिइ सकेपछी बनाएर खाने दुख चाँही आँफै गर्नु होला .. धन्यवाद

    ReplyDelete
  5. त्यसो भन्न भएन है, अचार खान त यहाँ कै मा आउनुपर्ला जस्तो छ ।
    टमाटर नै छोइनसक्नु रहेछ बजारमा !

    ReplyDelete