Tuesday, June 17, 2008

एउटा सुन्दर कबिता

ढोका पैन्टिङको प्रदर्शनीमा धेरै पहिला गएँको थिएँ । त्यहाँ कबिताहरु पनि रहेछन । मन परेको कबिता सारेर ल्याएँ ।

नगेन्द्र थापा

ढोकाको गीत

ढोका न मेरो मात्र होस्
ढोका न तिम्रो मात्र होस्
सुरक्षा अनी संरक्षणको
ढोका सबैको होस ।

ढोका बन्द रहोस् केही छैन
त्यहाँ सिर्जना हुनुपर्छ
खापा ढोकाका खुल्दा पनि
सेता परेवा उडनु पर्छ
आँखाका दुई ढोका खुल्दा
दिब्य श्रीष्‍टि देखियोस ।
छातीभित्र संबेदनको
ढोका सबैको होस्।

ढोका सानो ठुलो अर्थ छैन
मुटु गाँस्ने धागो बन्नुपर्छ
सबै जाती धर्म भेला गरी
एउटै ढोकामा उन्नुपर्छ
गुलफी ओठका ढोका खुल्दा
अमृतजस्तै बाणी फुटोस
भएजती आटाउने
ढोका सबै सबैको होस्।

2 comments:

  1. I like the "Kabita" but
    सबै जती धर्म भेला गरी
    एउटै ढोकामा उन्नुपर्छ
    did not make much sense to me. Overall its good.

    Your posts include wide varieties of subjects, which is best thing about your blog.

    ReplyDelete
  2. Thanks Mprofit for pointing out my mistake.
    Actually that is 'Jaati'
    I corrected it.

    ReplyDelete