Thursday, June 12, 2008

खुशी

आर.एन.ए.सिको भिडभाड फूटपाते सडक। सडकको किनारमा थापिएको फूटपाते पसलहरु। आधुनिक अनी गाँउले मानिसहरुको घुइँचो। त्यही घुइँचोमा एउटा निम्न मध्यम बर्गिय परिवार। श्रीमान, श्रीमती अनी काखे बच्चा। उनिहरु हिडिरहेछन। श्रीमतीको आँखा फूटपाते पसलमा राखेको बच्चाले लगाउँने टोपीमा जान्छ। उनिहरु रोकिन्छन । श्रीमतीले टोपी उठाएर बच्चालाई लगाई दिन्छिन अनी श्रीमान तिर पुलुक्क हेर्छिन । श्रीमानले पुरानो पर्सबाट पैसा निकालेर दिन्छ। श्रीमती खुशी हुन्छिन अनी श्रीमान पनि। उनिहरुको अबर्णनिय खुशी ....

2 comments:

  1. Great narration! Short but sweet. You have caught the exact moment of happiness.

    ReplyDelete