Wednesday, December 12, 2007

खाना पकाउँदा



'cooking is a creative work and I am very poor at creative work' कार्यकर्म सन्चलिका मन्दिरा बेदिले मलाई खाना बनाउन आउँदैन भन्न नसकेर यस्तो घुमौरो जवाफ एक पल्ट दिएकी थिइन्। जे भए पनि खान पकाउनु सिर्जनात्मक काम नै हो। तर धेरै सिर्जनत्मक काम गर्‍यो भने पनि वाक्क लाग्ने रहेछ।

खाना पकाउनु पनि मेरो जीवनको एउटा भाग हो। ब्लगमा यस बारे लेख्नु पर्‍यो भनेर दुई, तीन दिन देखी सोचिरहेको थिए। त्यही भएर लेख्दै छु।

मैले खाना पकाउन थालेको म कक्षा ७ मा पढ्दा देखी जस्तो लाग्छ। यो ८ बर्षको अनुभवले म राम्रो कूक भईसकेजस्तो लाग्छ।

के के कसरी पकाउने भन्ने कुरा मेरो sixth sense ले थाहा पाउँछ। जस्तो नुन कती र कती बेला हल्ने, मेथी कती पट्काउने, मसला के मा कती हाल्ने आदी आदी ।जती धेरै पल्ट खाना पाकयो तेती धेरै पकाउने बारे थाहा हुँदो रहेछ।
जाँच को बेला आमाले खाना पकाउनु हुन्थ्यो र मलाई खाना पकाउने बानिले गर्दा होला कहिले जाँच सकिन्छ र खाना पकाउँ जस्तो लग्थ्यो र फेरी खाना पकाउन थालेपछी नुन कती हाले, लाग्छ कि लाग्दैन जस्तो लग्थ्यो।

घरमा मैले म कस्तो खाना पकाउँछु भनेर त सोधेको छैन तर मैले पकाएको अरुहरुलाई कस्तो लाग्छ अन्दज चै लगाउन सक्छु।खाना पकाउनु को outcome यही त हो। बुवालाई ८०% मनपर्छ। आमालाई ९०% मनपर्छ। आमाले भन्नु भएको ठुलो दाजुलाई मैले पकएको खाना एकदम मिठो लाग्छ रे। आशिश( सानो दाई) लाई ९५% मिठो लाग्छ र Akriti (बहिनि)लाई कस्तो पनि लाग्दैन।न मिठो न नमिठो।
खाना पकाउनु को सट्टा आरु केही गरेको भए म त्यो कुरा म कती perfect हुन्थे होला। तर खाना त पकाउनु नै पर्छ किनकी जिउन को लागि खाना खानै पर्छ।

3 comments:

  1. Lovely picture. Khana looks great. I feel hungry

    ReplyDelete
  2. I want to taste your meal.It seems delicious in the picture. Will You Invite me to your home to taste it ?

    ReplyDelete
  3. ब्लगमा खाना राखेर हामीलाई लोभ्याउने चेस्टा नगरियोस्,दम छ भने निमन्त्रणा गर्नुहोस्, हामी(blogger)हरु तपाईंको घर आउन तयार छौं,की कसो साथी हो ?

    ReplyDelete