आज धेरै दिन पछी राम्रै सँग हिडियो । कुरा के पर्यो भने छोराको चेस सिकाउने शिक्षीकाले चेस खेल्नको लागी शारिरिक व्यायम पनि अति आवस्यक हो भन्नु भएको थियो । त्यसै सिलसिलामा उसलाई दिनहुँ एक्लै छोटो दुरी घर नजिकै पठाइ रहेको थिएँ । तर उसलाई अलि टाढा हिंड्न मन हुन थालेको हुनाले अलि टाढा जाने कुरा भयो तर एक्लै हिंड्ने बानी परेको हुनाले म सँग जान मानेन । अनि म पनि अलि असुरक्षित हुन्छ कि भनेर उसको पछी पछी जाने निर्णय गरे । घर बाट निस्किदा पानी परी रहेको थियो ।छाता ओडेर उ निस्कियो । म पनि उसको पछी पछी निस्के । मैले पनि छाता ओडेको छु ।
छोरा अलि अगाडी छ म उसको पछी पछी छु । उसले मलाई देख्छ कि जस्तो पनि लाग्छ तै पनि अगाडी बडी रहेको अवस्था छ । अलि परा पुगे पछी उ एकछिन अडिन्छ अनि आफ्नो जुत्ता को लेस बाध्न थल्छ । म पनि रोकिन्छु । उ लेस बाधिसकेपछी अगाडी बड्छ । अनि म पनि । अलि पर पुगेपछी पछडी हेर्छ बाटो काट्न को लागी रहेछ । मलाई उसले देखेन । हामी अलि हिड्छौ । अलि डाँडा पुगेपछी फेरी उ रोकिन्छ अनि उधो काठमाडौं फाँट तिर हेर्न थल्छ । म आफ्नै ठाउँम रोकिन्छु । उ निकै बेर हेरी राख्छ । मलाई लाग्छ अब उ फर्किने रहेछ ।
पानी ठुलो परी रहेको छ । म चप्पल र ठुलो जाङे पाइन्ट लाएर निस्केको छु । घुडाँ देखी तल भिजिसकेको छ । छोरा फेरी अगाडी बढ्छ । मेरो खुट्टा मा माटो छिरेको छ । त्यसलाई धुन एक छिन रोकिन्छु र धुन थल्छु । अनि धुइसकेर हेर्दा छोरा निकै पर पुगिसकेको छ म छिटो छिटो हिंड्न थल्छु । छोराले घुम्ती काटेर नदेखिने भैसक्यो । म कुद्न थाले । ठुलो पानी परी रहेकै छ । बाटोमा हिंड्ने मान्छे हरु पनि छैनन् । फाट्ट फुट्ट बाईक हरु कुदी रहेको छ । कुदेर घुम्ती पुग्दा तेस्का बाजे दुइ वटा बाटो पो आइ पुग्यो । अब कुन बाटो गयो कसरी थाहा पाउने । दाइने तिर को बाटो अलि ओरालो अनि सानो थियो । देब्रे तिर को बाटो अलि सिधा र तेर्सो थिओ । यो सिधा बाटो नै गयो होला भनेर म त्यो बाटो तिर लागे ।
अलि पर पुग्छु तर उ छैन । अझ पर पुग्छु तै पनि छैन । अब पक्कै पनि यो बाटो न आएको पुष्टी भयो । अनि फर्के फेरी तै दोबाटोमा । पानी परेको परेकै छ । मेरो देब्रे हात को बाहुला पुरै भिजिसकेको छ अनि जाङे पाइन्ट पनि घुडाँ माथी भिज्न थालेको छ । स्कुलको भ्यान हरु गुडी रहेको छ । म तेही कुर्न थल्छु । उ तेही बाटो फर्किन्छ भनेर । हतार गरेर निस्केको म । फोन पनि छैन । भए पनि छोरा सँग पनि फोन छैन । ५ मिनेट गयो , १० मिनेट गयो, फेरी अर्को दस मिनेट । अँह आएन । पच्चिस मिनेट पछी सोचे पछाडि भए आउँछ अगाडी भए म भन्दा घर छिटो पुग्छ । अनि म त्यहाँ बाट हिडे । पछाडी हेर्दै हिड्दै छु । अनि अलि पर पुगे पछी सेतो सर्ट लगाएको मेरो छोरो आउँदै छ त । कस्तो खुशी लगेको । अनि फेरी म अगाडी हिडेको हिडै। पछडि हेर्दै । तर उसले देखेन । घर पुगे । एक छिनमा उ पनि आइपुग्यो ।
अहिले सम्म रहस्यमै छ । आजको हिडाइ ।
No comments:
Post a Comment