आज धेरै दिन
पछी स्कुलको
सम्झना आइरहेछ । दमक
छोडे पछी दमक
लाई चट्टै माया
मारिएछ भने झै
भई रहेछ किनकी
आज गनेर ल्याउँदा
ठ्यकै १० बर्ष
पुरा भएछ त्यहाँ
पाइला नटेकेको ।
स्कुले दिन पनि
त्यति रमाइलो भएन
।।।। स्कुल जाउ
, दिन भरी कक्षामा
बिताउ , गर्मी मौसम , अल्छि
अनी निन्द्रा लाग्दो
कक्षाहरु ।।
पढ्नमा अरुची ,, यस्तै यस्तै
थिए दिनहरु ।।।
तर केही
स्कुल को सम्झनाहरु
कहिले नओइ लिवोस
जस्तो लाग्दो रहेछ।।
अझै पनि स्कुल
को गेट छिर्दा
गेटै छेउको सुनाखरी
त्याँही फुलिरहेको होला भन्ने
सम्झनामा आइरहन्छ अनी बेगन
बेली को फुल
मुनी को चौतारी
अझै नि फुलले
सितल दिइ रहेको
होला भन्ने लाग्छ।।
त्यो स्कुल घन्टी
नि कदमको रुखमुनी
झुण्डी रहेको मेरो स्मृति मा
छ । अनी
त्यो सिसौको बोटको
सुनखरी ओहो म
कहिल्यै बिर्सिन सक्दिन ति फुल
हरुलाई ।।। अल्छि
लाग्दो कक्षामा बसेर बाहिर
हेर्नु को मज्जा
बेग्लै हुन्थ्यो।। पानी परिरहेको
बेला टिनको छानाको
आवज अनी पानीको
थोपाहरु त्यो सानो
अंबाको पात माथि
बर्सिदा अंबाका पातहरु कस्तरी
नुहिन पुग्थ्यो ।।।
म त्यो चर्तिकला
हेरेर कहिले थाक्दिन
थे ।। त्यो
चर्तिकला कहिले नसकियोस झै लाग्थ्यो ।। कक्षामा
के के पढाई
हुन्थ्यो म सम्झन्न
तर त्यो अंबाको
बोट्लाई कहिले बिर्सन सक्दिन
।
त्यसैले मलाई दमक
जान मन लाग्दैन
अनी स्कुल पनि
।।।। कही त्यो
गेटको सुनाखरी को
ठाउँमा सिमेन्टिको पिलर पो
छ कि ! ! बेगन
बेली को ठाउँ
मा पार्किङ होला
।। घन्टी
भएको ठाउँमा कन्क्रिट
होला ।। त्यो
अंबाको बोटको नाम निसाना
कतै नहोला ।।। सोच्दा नि उकुस मुकुस लागेर आउछ !!!!