Sunday, December 18, 2011

बेलायतमा नेपाली बज्यैको कथा

" हामी त्यतिकै यहाँ बस्न आको हौ र ? तिनीहरूले हामीलाई कहाँ निकाल्न पाउँछ र? " चर्को अनी अभिमानी आवाजमा बज्यै कराउँछिन् । यस्तो लाग्छ यो देश उनैको हो । सायद यहाँको मानिस पनि उहाँ भन्दा कम गर्ब गर्दो हो यहाँको बसिन्दा हुनुमा ।

बज्यै दिनचर्या पनि रमाइलो छ बिदेशमा। बिहान उठ्यो खाजा खायो अनी घुम्न निक्ल्यो । उहाँहरू जस्तो बज्यै त यहाँ कति हो कति । दिनदिनै नयाँ अनुहारको बज्यैको साथिहरू आउँछन् ।

दिउँसो भात खान कोठामा गयो अनी भात खाएर फेरी डुल्न निक्ल्यो । त्यसैले त टमटर किन्न पनि १ घण्टा बस चढेर जना कत्ति नी गाह्रो लाग्दैन बज्यैलाइ।

रात परेपछी कोठामा फर्क्यो भात पकायो खायो आनि सुत्यो । सबभन्दा गाह्रो काम भनेको भात पकाउने । " भात पकाउने बानी छैन " भात पकाउने बेलामा एक पटक चै नछुटाइ भन्ने गर्नु हुन्छ ।

" बज्यै जी. पी. जानु भो? "

आभिमानी बज्यै आफ्नो अभिमान बिर्सिछिन् अनी लुरुक्क परेर भन्छिन् " को सँग जानु नि? मलाई केही भन्न आउँदैन । मान्छे खोज्नु पर्ला । "

मनमनै लाग्छ " देख्यौ त बज्यै यो देश तिम्रो कहिल्यै हुन सक्दैन "

नोट

जी पी : क्लिनिक

2 comments:

  1. सपणा बेचेर पायको सुख के काम ? ?


    tour in nepal

    ReplyDelete