एउटा सम्पन्न परिवारमा मेरो जन्म भएको रहेछ । सम्पन्न यस अर्थमा कि धेरै गाँउलेलाई बिहान बेलुका बर्ष भरि खाना पुग्दैन थियो भने हाम्रो परिवारलाई पुग्दथ्यो । मेरो जुजु साह्रै मेहेनती हुनुहुन्थ्यो । सुनेको थिए उहाँ बच्चा हुँदा राम्रो सँग खाना नपुग्ने अवस्था थियो रे। किन पेटभर खाना पुग्दैन भन्ने कुराले उहाँलाई पिरोल्थ्यो रे। त्यसैले उहाँले धेरै मेहेनत गरेर खानु पुग्ने अवस्था भएको हो भनेर बुवाले भन्नु हुन्थ्यो ।
मलाई थाहा भए अनुसार उहाँ धेरै पशुपालन गर्नु हुन्थ्यो अनी कहीले काही ब्यापार गर्न कलकत्ता पनि जानु हुन्थ्यो । नपढेको मान्छे ब्यापार गर्न गाह्रो भएको थियो होला त्यसैले बुवालाई लेखपढ गर्न टाडाको सदरमुकाम पुराउनु भएको कुरा बुवाले मलाई सुनाउने गर्नु हुन्थ्यो। झन मेरो पालोमा त घरमै मास्टर राखेर पढाउनु थाल्नु भएको थियो। उहाँको शिक्षा प्रतिको चेतनाले गर्दानै म मेरो गाँउको पहिलो ग्र्याजुएट ( बि ए ) भएको छु र मैले मेरो जिबिको पार्जन कलम चलाएर नै गर्ने मौका पायेँ।
क्रमस :
(कथा बुवाको
शब्द आफ्नै )