म कैयौ दिन देखि निरन्तर हिडिरहेछु। घुमाउरो डाँडाहरुमा । राइ गाँउको दक्षिणी अरुण खोलामा । मेरो वरपर लोहोरुङ गाँउ लडिरहेछ । उर्लेको खुला खोलाले उपत्यकाका भागहरु छुट्टाएको देखिरहेको छु । हिमालहरु भन्दा पुरानो , सानो सानो खोलाहरु यसमा मिसिएकोले आफ्नै सानो उपत्यका, गहिरो खोंच र अनगिन्ती भिरालो जमिन बनाएको छ । मानौ एउटा लामो धर्का तल नदी देखि खाँदबारी - माथिल्लो अरुणको मुख्य बजार सम्म जुन ४००० फिट सम्म बनाएको देखिन्छ ।
जति म हिड्दै जान्छु त्यती दृश्यहरु बदलिदै जान्छन् । मेरो पहिलो दृश्य छाप नटुङगिने खोलाले ,रातो माटो को टाटाहरु , खैरो चट्टान र ठुला ढुङ्गाहरुले छोडेको हुन्छ जसको बनावट प्रकाश ले बदलिदिन्छ । कहीले काही ति काला भएर निस्किन्छन अनी कलिलो हरियो हल्लिरहेको धानको छायाहरु- गाडा बैजनी हरियो जङल सँग ठोकिन्छन। तल्लो भिरालोको sub tropical बनस्पति - सितल हल्लिरहेको केराको रुख र छरितो बाँसहरुको रहस्य थाहा पाउन पातालिन्छन् । तिनीहरुको अग्लो हाँगा चट्टान र टुप्पोमा हिउँले ढाकिएको हिमाल बिरुद नुहेको हुन्छ । मानिसहरु जसलाई लोहोरुङ भनेर मैले भेट्नु भन्दा पहिला यही भु बनोट र प्रकिर्तिक विश्वले मेरो मानसपटलमा हिर्काउँछ जहाँ लोहोरुङहरु बसोबास गर्छन् ।
नोट : अनुवाद गर्ने कोशिश गर्दै छु । यो किताब ' Other Worlds' (Charlotte E. Hardman) को पहिलो अध्याया हो । फुर्सद मिलेसम्म क्रमश अनुवाद गर्दै जाने छु ।