Thursday, December 4, 2008

फोटो खिच्ने क्रममा

एउटा महिलाको फोटो खिचिदिएको थिए । दिनलाई बोकेर हिंडेको हिड्यै छु ।

मैले त्यो महिलालाई बुद्ध पार्कमा भेटेको थिए । म फोटो खिच्दै थिए। अनी त्यो महिला मेरो छेउमा आएर बसिन्। खिच्दा खिच्दै उहाँको पनि खिच्न पुगे । त्यसपछी उनी म सँग बोल्न थालिन्। दुईजनाको भाषा मिलेन । नेपाली नबुझ्ने उनी र म उहाँको भाषा । सायद उहाँको भाषा तिबेतियन थियो होला। उहाँको हाउभाउले बताउथ्यो । कसो कसो गर्दा गर्दै हामीले सुचना आदन प्रदान गर्यौ । यसै सिलसिलामा दुई जनाको मिल्ने भाषा त हिन्दी पो भयो । नेपालीलाई हिन्दी आउने अनी उहाँ चाहीँ भारत निवासी । कस्तो अचम्म मैले त कहिले पनि कुनै दिन कुनै मान्छे सँग हिन्दीमा कुरा गर्नु पर्छ भनेर सोचको थिइन ।


मलाई चै पहिलो पटक हिन्दी बोलेकोमा अफ्ट्यारो लागिराखेको थियो तर उपाय थिएन।

अनी त्यो महिलाले फोटो खिच्न बितिकै आउने क्यामरा हो भनेर सोधिन्। मैले थाहा पाइ हाले उनको आसय । उहाँलाई उहाँको फोटो चाहिएको थियो ।

केही दिन पछी फेरी त्यहाँ पुगेको थिए । उहाँलाई प्रर्थान गरिरहेको देखे । उहाँले पनि मलाई देख्नु भयो। मैले हात हल्लाएँ। उहाँले पनि हल्लाउनु भयो । अनी मैले फोटो धुलाएर उहाँलाई दिने निर्णय गरे ।

फोटो धुलाएँ । अनी खुशी हुँदै बुद्ध पार्कमा गएँ । यता उता हेर्दा हेर्दा वाक्कै भएँ । उहाँ देखिनु भएन । घर गएँ । खिन्न भएर । उहाँ भारतनै फर्किनु हुन्छ भन्ने कुरा त भन्नु भएको थियो । सायद फर्किनु भयो होला । तर म चै दुई तीन पटकसम्म भेट्छु कि भनेर खोजेको खोजेकै भएँ ।

अहिले त पक्का पनि फर्की सक्नु भयो तर उहाँको फोटोचै मेरो कपिको पन्नाभित्र राखीरहेको छु।

26 Dec 08

धेरै कमेन्ट अइसक्दा पनि नसुनेको झै गरेर बसेको जस्तो भइराखेको थियो । बल्ल आज फोटो खिचेर पोस्ट गर्दै छु । सबै साथीहरुलाई धेरै धेरै धन्यवाद छ।

7 comments:

  1. फोटो यहाँ पनि राखिएको भए, राम्रो हुनेथियो कि ?

    ReplyDelete
  2. आकार जी ले भने जस्तै फोटो यहा राख्‍नु भयो भने तीनले नहेरे नि कोहि परिचितले हेर्ने सक्छन नी !

    (नभए हामी त पक्कै हेर्छौ)

    ReplyDelete
  3. आकार र दिलिप दाइको कुरो सही हो। यहाँ राख्दा अरु केहि नभएपनि हामीले त ती मायालु आमैको अनुहार हेर्न पाउनेथियौं।

    फेरि इण्टरनेटको दुनियाँ हो, के थाहा यो ब्लगमा राखिएको फोटोकै कारणले उनीसंग भेट हुनपनि सक्छ।

    ReplyDelete
  4. कुरा त सबै साथीहरुको सही हो है आरतीजी। कि अब कुनै विशेष कारण भए त के भन्नु र हैन। नत्र त मेरो पनि सहमति छ नि।

    ReplyDelete
  5. तपाईं को रुची धेरै नै राम्रो छ। कुर रह्यो तस्बिर को, पकै पनि थ्यो पनि राम्रो नै छ होला। तपाईं को ब्लग को अन्य तस्बिर हरु जस्ताइ।

    ReplyDelete
  6. सबैले भनेको कुरा मलाई पानी सही लाग्यो. ब्लॉग माँ फोटो राख्नु भयो भने हामीले पानी हेर्न पौने थियौ. साथै वहा का आफन्त ले पानी हेर्न सक्नुहुंच

    And if you want some refreshment plz dont forget to my blog.
    Glad to have some suggestions and feedback.

    ReplyDelete
  7. arati ji nice to see the pic ..hope someday she will get her pic.

    ReplyDelete