बस चढ्दाको अनुभब लेख्न मन परेको धेरै भइसक्यो तर के ले हो के ले गर्दा लेख्न पाइरहेको थिइन । त्यही बारे केही लेख्नु पर्यो भनेर आज लेख्ने मौका पाएँ भनेर भन्नु पर्ला।
घट्ना १
एउटा आईमाई । शायद तरकारी ब्यापारी होला । डोको उठाउन लाग्दा दिन लागेको भाडा हातबाट फुत्त अली पर खस्न पुग्यो । अनी त्यही उमेरको अर्को आईमाईले त्यो पैसा कसैको खसेको होला भन्ठानेर उठाइन् । अनी त त्यो पहिलो महिला कराउन थालिन् । यस्तो नमिठो कराइन् कि फेरी त्यो अर्को महिलाले जिन्दगीमा कहिले खसेको पैसा उठाउदिन होलिन् ।
घट्ना २
एउटा पातलो पातलो दुब्लो मान्छे । कनडक्टरले उसलाई भाडा माग्छ । मैलेत पैसा दिइसकेको भनेर पैसा दिन मान्दैन । कनडक्टरलाई राम्रो सँग थाहा हुन्छ पैसा नदिएको । उसले थर्काएर पैसा माग्छ । त्यो मान्छेले पैसा दिएर रिसाउदै कराउदै जान्छ। भन्छ ' म यस्तो बस किन्न सक्छु । के सोचेको '।
घट्ना ३
एउटा बच्चाको आमा । उसको काखमा २ वा ३ बर्षको बच्चा । आमाले जे भन्छिन् त्यही दोहोराउँछ त्यो बच्चा।
आमा= 'ॐ माने पेमे'
बच्चा लर्बराएको स्वर् मा = 'ॐ माने पेमे'
आमा ='म ज्ञानी हुन्छु '
बच्चा = ' म ज्ञानी हुन्छु'
आमा = 'म आमा बुवालाई माया गर्छु '
बच्चा = 'म आमा बुवालाई माया गर्छु '
आमा = ' म धेरै पढ्छु '
बच्चा =' म धेरै पढ्छु '
आमा = ' म ठुलो मान्छे हुन्छु '
बच्चा = ' म ठुलो मान्छे हुन्छु '
आमाले फेरी दोहोराउँछिन् म ज्ञानी हुन्छुबाट अनी बच्चा आमालाई पछाउँदै जान्छ ।
Tuesday, December 30, 2008
Friday, December 26, 2008
आफ्नै कुरा
ओहो ! २०६५ सालको जाडो मौसमको चिसो पानी पनि हल्का सँग पर्यो। खाली आफ्नै कुरा गर्न मनलाग्छ । जाडोमा पानी पर्दा सिरकमा बसेर तातो चाउ चाउको सुप नत्र कालो कफी खान मन लाग्छ । त्यही भएर चाउचाउको सुप बनाएर खाए। मज्जा भयो । आज अफिस देखी छुट्टी लिएको पनि राम्रै भयो। पानी परेको बेला मनपरेको कुरा त गर्न पाएँ। तर अफिस लागेको भएपनी मेरो अफिसको ठुलो कपमा तातो तातो कालो कफी चै खान्थेनै ।
ए ! आज त जाचँ दिन क्या रमाइलो भयो । फोटोग्राफीको जाँच थियो । लेख्न क्या रमाइलो भयो । त्यहाँ लेखेको कुराहरु एकदिन ब्लगमा हाल्ने छु । राम्रै कुराहरुपो लेखे जस्तो लाग्दै छ। राम्रो मार्क्स आवोस् ।
आजपनी घर हिड्दै आएँ । जम्मा एक घण्टा आधा । स्वास्थलाई पनि राम्रो हुने सोचेर धेरै भन्दा धेरै हिंड्ने कोशीश गर्दै छु । हेरौ!

Thursday, December 25, 2008
आवाज
संसारमा धेरै थरिको आवाजहरु हुन्छ । कुनै आवाज सुन्दा रमाइलो हुन्छ भने कुनै आवाज कानै खाने खाल्को हुन्छ। आवाजको कुरा गर्दा एउटै आवाज सबैलाई मननपर्ने खाल्को पनि हुन्छ अनी कुनै आवाज चाँही सबैलाई मनपर्ने खाल्को हुन्छ ।
मलाई सुकेको पात टेक्दा निक्लिने आवाज ज्यादै मन पर्छ । छरप् छरप् बज्ने आवाज । मलाई पानी बर्सिदा आउने आवाज पनि एकदम मन पर्छ । स्वा गर्ने आवाज अनी पानी पर्दा पातहरु माथि पानी ठोकिदा निक्लिने आवाज पनि औधी मन पर्छ ।
आहा ! प्रकृति कति रमाइलो छ !

Thursday, December 4, 2008
फोटो खिच्ने क्रममा
एउटा महिलाको फोटो खिचिदिएको थिए । दिनलाई बोकेर हिंडेको हिड्यै छु ।
मैले त्यो महिलालाई बुद्ध पार्कमा भेटेको थिए । म फोटो खिच्दै थिए। अनी त्यो महिला मेरो छेउमा आएर बसिन्। खिच्दा खिच्दै उहाँको पनि खिच्न पुगे । त्यसपछी उनी म सँग बोल्न थालिन्। दुईजनाको भाषा मिलेन । नेपाली नबुझ्ने उनी र म उहाँको भाषा । सायद उहाँको भाषा तिबेतियन थियो होला। उहाँको हाउभाउले बताउथ्यो । कसो कसो गर्दा गर्दै हामीले सुचना आदन प्रदान गर्यौ । यसै सिलसिलामा दुई जनाको मिल्ने भाषा त हिन्दी पो भयो । नेपालीलाई हिन्दी आउने अनी उहाँ चाहीँ भारत निवासी । कस्तो अचम्म मैले त कहिले पनि कुनै दिन कुनै मान्छे सँग हिन्दीमा कुरा गर्नु पर्छ भनेर सोचको थिइन ।
मलाई चै पहिलो पटक हिन्दी बोलेकोमा अफ्ट्यारो लागिराखेको थियो तर उपाय थिएन।
अनी त्यो महिलाले फोटो खिच्न बितिकै आउने क्यामरा हो भनेर सोधिन्। मैले थाहा पाइ हाले उनको आसय । उहाँलाई उहाँको फोटो चाहिएको थियो ।
केही दिन पछी फेरी त्यहाँ पुगेको थिए । उहाँलाई प्रर्थान गरिरहेको देखे । उहाँले पनि मलाई देख्नु भयो। मैले हात हल्लाएँ। उहाँले पनि हल्लाउनु भयो । अनी मैले फोटो धुलाएर उहाँलाई दिने निर्णय गरे ।
फोटो धुलाएँ । अनी खुशी हुँदै बुद्ध पार्कमा गएँ । यता उता हेर्दा हेर्दा वाक्कै भएँ । उहाँ देखिनु भएन । घर गएँ । खिन्न भएर । उहाँ भारतनै फर्किनु हुन्छ भन्ने कुरा त भन्नु भएको थियो । सायद फर्किनु भयो होला । तर म चै दुई तीन पटकसम्म भेट्छु कि भनेर खोजेको खोजेकै भएँ ।
अहिले त पक्का पनि फर्की सक्नु भयो तर उहाँको फोटोचै मेरो कपिको पन्नाभित्र राखीरहेको छु।
26 Dec 08
धेरै कमेन्ट अइसक्दा पनि नसुनेको झै गरेर बसेको जस्तो भइराखेको थियो । बल्ल आज फोटो खिचेर पोस्ट गर्दै छु । सबै साथीहरुलाई धेरै धेरै धन्यवाद छ।

Subscribe to:
Posts (Atom)